राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

पर्यटन बजार२८ आश्विन २०७७, बुधबार मा प्रकाशित

राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

असोज २८, काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।

मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।

नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?