राेट्रयाक्ट क्लब अफ रूद्रमति बबरमहलले वितरण गर्यो शैक्षिक साम्रगी

पर्यटन बजार१ भाद्र २०७७, सोमबार मा प्रकाशित

राेट्रयाक्ट क्लब अफ रूद्रमति बबरमहलले वितरण गर्यो शैक्षिक साम्रगी

भाद्र १, काठमाडौं।राेट्रयाक्ट क्लव अफ रूद्रमति बबरमहल काठमाडौंले शैक्षिक साम्रगी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

राेट्रयाक्ट रूद्रमति बबरमहल काठमाडौंले बुढानिलण्ठस्थित-६, काठमाडौंमा रहेकाे भद्रकाली अाधारभुत विद्यालयमा काेभिड-१९ बाट प्रभावित भएका बालबालिकाहरूलाई कपि, पेपर, पेन, पेन्सिल, कलर पेन, चाट पेपर, ईलेजर, सापनर लगायत वितरण गरेको हाे ।

क्लवका अध्यक्ष ऋषि कडरियाले कोरोना महामारीको समयमा विद्यार्थी हरुले कपी कलम कै अभाव मा बस्नुनपरोस् भन्ने उदेश्य का साथ भाई बहिनीहरूलाई केही सहयोग गरेको बताउनुभयो। यो सहयोगले उनीहरूलाई घरमै बसेर पढ्न,लेख्न र कुनै सिर्जनात्मक कार्य गर्न सहयोग पुग्नेमा विश्वस्त रहेको समेत उनले बताए ।आफ्नो यस कार्यलाई आस्था प्राेजेक्टले पनि शैक्षिक साम्रगी सहयाेग गरेको समेत अध्यक्ष कडरिया ले बताए।

राेट्यक क्लब अफ रुद्रमति बबरमहल काठमाडौंले
हरेक बर्ष सामाजिक कार्य गर्दै अाएकाे कल्बका उपाध्यक्ष प्रशान्त ओलीले बताएका छन् । क्लवकाे अाफ्नाे छुट्टै ईतिहास रहेकाले यस बर्ष पनि एतिहासिक कार्यमा अर्काे ईट्टा थप्ने कार्य कै क्रममा ननीबाबुहरुलाई सानो सहयोग गरेको उनले बताए।

विद्यालयका प्रधानध्यापकले काेभिड-१९ ले विश्व लाई नै असर पारिरहेको अवस्थामा क्लवले विद्यालयमा अाएर विद्यार्थी भाइबहिनी लाई शैक्षिक साम्रगीहरू सहयोग गरेकाेमा क्लव परिवारलाई धन्यवाद दिनु भएकाे थियाे ।

कार्यक्रम क्लवका अध्यक्ष ऋषि कडरियाकाे अध्यक्षता, क्लबका उपाध्यक्ष, सह सचिब, अन्य सदस्यहरु, समाजसेवीहरू धुर्ब माझी र सन्ताेष बुर्लाकाेटी तथा विद्यालयका प्रधानध्यपक र शिक्षकहरु लगायतकाे उपस्थिति रहेकाे थियाे।

Facebook Comment

छुटाउनुभयो कि?