पर्यटन बजार२७ भाद्र २०७७, शनिबार मा प्रकाशित
भाद्र २७ , काठमाडौं। राेट्रयाक्ट क्लव अफ रूद्रमति बबरमहल काठमाडौंले शनिबार एक कार्यक्रमका बीच स्वास्थ्य साम्रगी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । स्वार्थ भन्दा माथि सेवा भन्ने उद्देश्यका साथ स्थापना भएकाे राेट्रयाक्ट रूद्रमति बबरमहल काठमाडौंले लायन्स क्लब अफ क्रिएटिभ इन्टरप्रेनर र लियो क्लब अफ काठमाण्डू क्रिएटिभ युथ संगको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गरेको हो।
क्लबले बिभिन्न पुलिस स्टेसन , ट्राफिक स्टेसन र आश्रममा गएर मास्क , सेनिटाइजर , ज्वरो नाप्ने मेसिन लगायतका सामग्री प्रदान गरेको हो। क्लबका मेम्बरहरुले काेभिड-१९ काे स्वास्थ्य मापदण्डकाे पालना गर्दै बुढानिलकण्ठ पुलिस स्टेसन , हात्तीगौडा पुलिस स्टेसन, चक्रपथ पुलिस स्टेसन, बालाजु ट्राफिक स्टेसन, चक्रपथ ट्राफिक स्टेसन, टेकु पुलिस स्टेसन, बसपार्क ट्राफिक स्टेसन, सुकेधारा पुलिस स्टेसन, भैसेपाटी पुलिस स्टेसन, टोखा पुलिस स्टेसन, स्वयम्भू ट्राफिक स्टेसन, राम आश्रम बुढानिलकण्ठ , बसपार्क पुलिस स्टेसन , बालाजु पुलिस स्टेसन लगायत का स्थानमा स्वास्थ्य सामग्री वितरण वितरण गरिएकाे हाे ।
क्लवका अध्यक्ष ऋषि कडरियाले रोट्रयाक्ट क्लब अफ रुद्रमति बबरमहल काठमाडौंले हरेक बर्ष सामाजिक कार्य गर्दै अाएकाे बताउदै यस्ता सामाजिक कार्यहरूलाई सधै निरन्तरता दिने बताए । अध्यक्ष कडरियाले यस महामारीमा सबैले हातेमालो गर्दै अघि बढ्नु पर्नेमा समेत जोड दिए। जनमानस को सुरक्षार्थ दिनरात नभनी फ्रन्ट लाइन मा खटिएका प्रहरी को सुरक्षालाइ समेत मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए। कार्यक्रममा आशा प्राेजेक्टले पनि स्वास्थ्य साम्रगी सहयाेग गरेकाे थियाे ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit