रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलको नवौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

पर्यटन बजार१० आश्विन २०७७, शनिबार मा प्रकाशित

रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलको नवौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

असोज १० , काठमाडौं । रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलको नवौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको क्लबको आठौँ पदस्थापन कार्यक्रममा ऋषी कडरिया बर्ष २०२० /२१ को अध्यक्षमा पदस्थापित भएका हुन्।

क्लबका बर्ष २०१९ / २० का अध्यक्ष दिपक न्यौपानेले कडरियालाई आगामी बर्षको नेतृत्व प्रदान गर्दै अध्यक्षको माला लगाइदिएका थिए ।
त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष कडरियाले “हुमानिटि फर कम्युनिटी” भन्ने मूल नारालाई आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने बताउनुभयो। रोट्रयाक्ट क्लबको यस बर्षको अध्यक्ष पदमा निर्वाचित भएसंगै यस क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरब महशुस भएको कडरियाले बताउनुभयो। पेशाले फर्मासिस्ट रहनुभएका कडरियाले व्यक्तित्व विकास अबसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहने जानकारी गराए । गतबर्ष जस्तै र त्यो भन्दा बढी र राम्रो काम गर्ने लक्ष्य सहित आफु अघि बढेको र सबैको साथ , सल्लाह र अपेक्षाको आशा रहेको उनले बताए ।

पद हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ रुद्रमती,काठमाडौँका प्रेसिडेन्ट सुदिप कोइरालाले रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलले हालसम्म उत्कृष्ट काम गर्दै आएको र आगामी दिनमा पनि बिभिन्न सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझै विशिष्ट काम गर्न नयाँ प्रेसिडेन्ट कडरियालाई शुभकामना दिए ।कोरोना महामारीको समय मा प्रेसिडेन्ट भएका कारण थप अवसर र चुनौती आउने हुँदा ति कुरालाई मध्यनजर गर्दै फरक ढंग बाट काम गरेर क्लब लाइ अघि बढाउन समेत उनले सुझाब दिए । क्लबका हरेक साना ठुला कार्यलाई आफुले सहयोग गर्ने प्रतिबद्दता जनाउंदै यस क्लबबाट धेरै युवाहरुले आफ्नो भविष्य बनाउन , आफ्नो व्यक्तित्व विकास गर्न सहजता प्रदान गर्ने भएका ले सबै मेम्बरले क्लबका कार्यलाई नयाँ अवसरका रुपमा लिएर संधै सहभागिता जनाउन समेत उनले आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लब अफ रुद्रमतीका सेक्रेटरी रोशन कार्कीले अध्यक्ष ऋषी कडरियालाई सपथ ग्रहण गराएक थिए भने अध्यक्ष कडरियाले बोर्ड मेम्बरलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै कार्यक्रममा नयाँ मेम्बरलाई समेत सपथ ग्रहण गराएर ब्याच वितरण गरिएको थियो ।

कार्यक्रममा बर्ष २०१९ –२० का अध्यक्ष दिपक न्यौपानेले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।न्यौपानेले एक बर्षमा धेरै प्रोजेक्ट गर्न सफल भएको भन्दै सबै मेम्बर र बोर्ड मेम्बरका साथिहरुलाई साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा पुर्व अध्यक्ष किशोर त्रिपाठी , कृष्ण ढकाल , नरेन्द्र ऐयर ,दिपक न्यौपाने २०१९ –२० का बोर्ड मेम्बरहरुका साथै सिस्टर क्लबका मेम्बरहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । भने बर्ष १९ /२० मा क्लबका कार्यक्रममा उत्सुकताका साथ सहभागिता जनाउने प्रजिता घिमिरे ,पृथ्वी श्रेष्ठ ,मनोज पाठक , आशिक श्रेष्ठ लगायत का मेम्बरहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा रोट्रायक्ट क्बल अफ रुद्रमती बबरमहलका सेक्रेटरी सुमित भट्टले स्वागत गरेका थिए भने रोट्रायक्ट क्बल अफ रुद्रमती बबरमहलका भाइस प्रेसिडेन्ट पृथ्वी श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रत्यक्ष रुपमा उपस्थित हुन नसक्ने मेम्बरहरुले प्राविधिक तवर अर्थात जुम एप मार्फत जोडिएका थिए।

Facebook Comment

छुटाउनुभयो कि?