लकडाउनमा तरकारीले बजार पाएन

पर्यटन बजार२२ भाद्र २०७७, सोमबार मा प्रकाशित

लकडाउनमा तरकारीले बजार पाएन

भदौ २२, काठमाण्डौ। जुम्ला-विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेतीमा होमिएका तातोपानी गाउँपालिका–२ का किसान यस वर्ष दोहोरो नोक्सानी व्यहोर्न बाध्य भएका छन् । करिब १५ लाख बढीको लगानीमा २ हेक्टर जमिनमा व्यावसायिक तरकारी खेती गरेका पाँच जना युवा किसान यस वर्ष दोहोरो नोक्सानीमा परेका हुन् ।२ हेक्टर जमिनमा लगाएको तरकारीमा विभिन्न रोग किरा र प्रकोपले राम्ररी फल्न सकेन् । रोकग किराबाट जोगिएर फलेको पनि लकडाउनले गर्दा बजारमा लिन नसकिएको स्थानीय किसान महेश डाँगीले बताए ।

उनले भने, “तिला अर्गानिक वाइल्ड एण्ड एग्रो नामक कृषि फर्म दर्ता गरेर जिल्लामै व्यावसायिक तरकारी खेती गरिरहेका छौ्र । क्वीन्टलका हिसाबले बन्दा, आलु, मटर, प्याज, गोलभेडा, फर्सी, गाजर, लसुनलगायतका तरकारी उत्पादन पनि भइरहेको छ । तर लकडाउनले गर्दा बजारीकरणमा समस्या आएपछि घाटा व्यहोर्नु परेको हो ।”केही किरा लागेपनि उत्पादन भएको ताजा तरकारीसमेत बजारमा पठाउन समस्या भएको छ । लकडाउन सदरमुकाम पूरै बन्द छ, पहिलाको जस्तो नेपालगन्ज, सुर्खेत, कालिकोट पठाउन सहज छैन । बजारमा तरकारी अभाव बढ्दै गएको छ । यता उत्पादित तरकारी थन्किदै छ । तातोपानीमा तरकारी संकलन केन्द्र हुँदा ठूलो घाटा खानु परेको किसानले गुनासो गरेका छन् ।

लाखौको लगानी गरेर सुरु गरिएको तरकारी खेतीमा रोक र किराको प्रकोप नियन्त्रणका लागि स्थानीय तहले राहतको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । स्वदेशमै केही गर्न खोज्दा पनि समयले साथ नदिँदा लगानी खेर जान सक्ने चिन्तामा किसान छन् ।

तरकारी संकलन केन्द्रको माग

तरकारी संकलन केन्द्र नहुँदा किसानले उत्पादन गरेको तरकारी लामो समयसम्म भण्डारण गर्न सकिँदैन । यहाँका केही व्यावसायिक किसानले उत्पादन गरेको तरकारी भण्डारण गर्न नसक्दा लकडाउनले बिक्रीसमेत नभएपछि नोक्सान भएको छ । संकलन केन्द्र नहुँदा र लकडाउनले बजार नखुल्दा किसानले आफ्नो उत्पालनको उपयुक्त मूल्यसमेत नपाउने किसानहरुको गुनासो छ । लकडाउनका कारण माग अनुसार आपूर्ति गर्न नसक्दा चन्दननाथ नगरपालिकाका ७० घरधुरीले उत्पादन गरेको १ सय मेट्रिटन प्याज घरमै थन्किएको छ । उनीहरुले तरकारी संकलन केन्द्र स्थापना गरी प्याज होलसेल मूल्य खरिद गरिदिन आग्रह गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?