पर्यटन बजार२५ बैशाख २०७६, बुधबार मा प्रकाशित
बैशाख २५, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलासेँमा रहेको काठमाडौं फन भ्याली यो सिजनमा भने बन्द भएको छ । केही वर्ष सम्म गर्मीयाम लागेपछि सुरु हुने उक्त स्थानमा जलक्रिडा गर्न चाहानेहरुको लाइन नै लाग्थ्यो ।
तर कम्पनिको ५५ प्रतिशत लगानी कर्ता रहेका भोगेन्द्र गुरागाईले ४५ प्रतिशत लगानीकर्तालाई भित्र पस्न नदिएको भन्दै विवाद सिर्जना भएको थियो । विवादलाई मिलाउने प्रयास भएपनि निस्कर्षमा पुग्न नसकेपछि फन् भ्याली बन्द भएको स्रोतको भनाई छ ।
करिब ८० जनाले प्रत्यक्ष रोजगारी पाएको र मनोरञ्जनको राम्रो विकल्पको रुपमा रहेको सो स्थान बन्द हुदाँ गर्मीमा जलक्रिडा गर्न चाहनेलाई समेत समस्या भएको छ । भोगेन्द्रको लगानी रहेको अन्य व्यवसायमा समेत आजभाली यस्तै लफडा भइरहेको स्रोतले बताएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit