पर्यटन बजार१४ भाद्र २०७७, आईतवार मा प्रकाशित
भदौ १४ , काठमाडौं । पाटन अस्पतालमा उपचाररत् तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।
उनले भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए। जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो।
अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष मिर्गौलाका बिरामी थिए। जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको निर्देशक शाक्यले जनाए।
उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताए।
आइतबार नै वीरगन्जमा रौतहटका ४० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit