पर्यटन बजार१९ फाल्गुन २०७५, आईतवार मा प्रकाशित
१९ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ । उनको वौद्ध परम्पराअनुसार काठमाडौंको टेकुघाटमा अन्त्येष्टि गरिएको हो ।
हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ । हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit