‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गितलाई गायक शर्माले परिमार्जन गर्ने

पर्यटन बजार५ फाल्गुन २०७५, आईतवार मा प्रकाशित

‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गितलाई गायक शर्माले परिमार्जन गर्ने

फागुन ४, काठमाडौं । लाेक  गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत आफ्नो यूटुव च्यानलमार्फत हटाएका छन् । शर्माको गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्नको लागि उनले गित हटाएका हुन्  ।

‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि  रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु ।’

 ‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि  प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु’, उनले भनेका छन्, ‘अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’

Facebook Comment

छुटाउनुभयो कि?