‘लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

पर्यटन बजार१ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

‘लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

 जेठ १, काठमाडौं । ‘लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी विकाष कोषद्वारा लुम्बिनीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू लुम्बिनी विकास कोष पर्खालभित्र मात्र सीमित रहँदा लुम्बिनीप्रति स्थानीयको अपनत्व नरहेको र त्यसको प्रभाव लुम्बिनीको विकासमा समेत पर्न गएको भनि लुम्बिनी विकास कोषको समन्वयमा आसपासका जिल्ला र स्थानीय तहहरूसँग पनि जोड्न आग्रह गरिएको हो।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विभिन्न कारणले लुम्बिनीको जति महत्व छ त्यति स्थापित गर्न नसकेको बताए । उनले लुम्बिनीको जति महत्व त्यो महत्वलाई उजागार गर्दै विकास गर्ने इच्छाशक्तिमा भने कमी रहेको बताए।

उनले लुम्बिनीको विकासमा अहिलेसम्म भइरहेको प्रगतिले नपुग्ने भन्दै लुम्बिनीसँग सम्बन्धित स्थलहरूको विकासमा पनि ध्यान दिनुपर्ने बताए। मन्त्री गिरीले लुम्बिनीसँग जोडिएका सबै क्षेत्रहरूको गुणात्मक विकास गर्ने र विश्वभरका पर्यटकलाई लुम्बिनीमा ल्याउने प्रमुख लक्ष्यका साथ योजना अगाडि सारेको बताए।

अरुको चित्त नदुखाउने बुद्धको ज्ञानलाई अनुसरण गर्दै लुम्बिनीसँग जो जति नजिक रहेको छ उसको जिम्मेवारी पनि सोही अनुरूप रहेकोले दिर्घकालीन लाभलाई सोचेर लाग्न आग्रह गरे।  मन्त्री गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनीमा पर्यटकहरूको चाप बढ्ने भएकोले सोही अनुरूपका होटल, सडक तथा अरु क्षेत्रहरूको विकासलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताए।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले लुम्बिनी विकास कोषले गरेका लुम्बिनी विकास गुरुयोजना अन्तर्गतका कामहरूको बारेमा जानकारी गराएका थिए । हालसम्म गुरुयोजना अनुरूपको ८२ प्रतिशत काम पूरा भएको र बाँकी कामको लागि अझै ६ अर्ब रुपैयाँ आवश्यक रहेको बताए।

उनले लुम्बिनीको पर्यटनसँगै यहाँको वातावरण संरक्षणको लागि वृक्षारोपण, सरसफाइ लगायतका कामहरूलाई निरन्तर सञ्चालन गरिरहेको बताए। भट्टराईले लुम्बिनीको ६० प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने प्रोफेसर केन्जियो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजना अनुरूप गत वर्षमात्रै ३ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिए ।

स्थानीय मोहम्मद ईस्लाम खानले लुम्बिनी विकास कोषलाई राजनीतिबाट मुक्त स्वतन्त्र संस्थाको रूपमा राख्नुपर्ने बताए। पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार नारायण सापकोटाले लुम्बिनी वरिपरिको जलाधार क्षेत्रहरुको संरक्षण, स्थानीय उत्पादनलाई कोशेलीको रूपमा प्रयोग गर्न सकिने बताए। उनले लुम्बिनी आसपास रहेका मुश्लिम समुदायलाई लुम्बिनीप्रति अपनत्व जगाउन जरुरी रहेको बताए ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?