लुम्बिनी , यस्तो छ धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमि

पर्यटन बजार२३ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित

लुम्बिनी , यस्तो छ धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमि

फागुन  २३, काठमाडौं । लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष एतिहासीक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण बिश्व सम्पदामा सुचिकृत रहेको छ । हाल याे ठाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल रुपन्देही जिल्लामा मा पर्छ। विभिन्न बाैद्ध वाङ्मयहरूमा बुद्धकाे जन्मस्थल भनेर लुम्बिनी नाउँकाे एउटा उपवनलाई चिनाइएकाे छ भने साे उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेकाे पाइन्छ ।

इ.पू. २४९ मा माैर्य सम्राट अशाेकले यस स्थलकाे तीर्थाटन गरेका थिए र यस तीर्थाटनकाे संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । याे कुराकाे जानकारी इसाकाे पाँचाैं शताब्दीमा आएका चिनियाँयात्री  फाहियान  र साताै शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए ।

सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा माैर्य सम्राट अशाेकद्वारा राखिएकाे अशाेक स्तम्भ र त्यसमा रहेकाे अभिलेख भेटियाे । उक्त अभिलेखमा याे ठाउँकाे नाम लुंमिनि भनेर उल्लेख गरिएकाे पाइन्छ । यस अभिलेखकाे प्राप्तीले गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीकाे पहिचान भएकाे हाे भने तबैदेखि विश्वभर गाैतम बुद्धकाे जन्मस्थल नेपालकाे पश्चिमाञ्चल विकास क्षेत्रकाे लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयाे ।

लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नाम बाट नामाकरण गरिएको हो।  सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासको सम्बन्धमा कोसेढुड्डा सावित भयो । लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५ महेन्द्रसंग छलफल गर्नुका साथै नेपाल सरकारस“ग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमा विकास गर्न सल्लाह दिए । सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्य राष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे । लुम्बिनीको योजनाबद्ध विकासको लागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो ।

धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐछिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहा“ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिालेख सहितको ढुड्डाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिलरहका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहा“लाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउ“हरुको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनिया“ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पा“चौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् ।

सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पदम हुम रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए ।

लुम्बिनीका धरोहरहरुः भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्तेपछि लुीम्बनी एक महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमा परिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित ग¥यो । फलस्वरुप भगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए । यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए ।
मायादेवी मन्दिरुः यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका छन  ।

जन्म स्मारक शिलाः जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउ“छ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।

मायादेवी मूर्तिः मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ । चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहा“की बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।

पवित्र पोखरी(पुष्करिणी) – अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ । मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहा“ नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।

अशोक स्तम्भः अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।

 

Facebook Comment

छुटाउनुभयो कि?