लोभ्यायो इन्द्रसरोबरले !

पर्यटन बजार१० मंसिर २०७६, मंगलवार मा प्रकाशित

लोभ्यायो इन्द्रसरोबरले !

मंसिर १० ,काठमाडौं । नेपाल एक स्वर्गको टुक्रा हो भन्दा फरक पर्दैन। नेपालमा त्यस्ता धेरै ठाउँहरू छन् जसले पर्यटकहरूलाई आकर्षित गर्न सक्ने क्षमता राख्छन। त्यहि पर्यटकीय स्थल मध्ये को एक हो मानवनिर्मित ‘इन्द्रसरोबल’ ताल अर्थात कुलेखानी ड्याम , आन्तरिक होस् वा बाह्य पर्यटक, सबैलाई मोहित बनाएको छ यस तालले !

राजा विरेन्दले आफ्नी आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा ईन्द्रसरोवर नामाकरण भएको भन्ने गरिन्छ । आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको नाम बाट ईन्द्र र सरोवरको अर्थ ताल, पोखरी, दह हुने हुनाले यस ठाँउलाई ईन्द्रसरोवर भनि नामाकरण गरिएको भन्ने भनाई रहेको छ ।

मानव निर्मित यस ताल काठमाडौँबाट फर्पिङ, दक्षिणकाली हुदै जान सकिन्छ। यो ताल पिकनिक गन्तव्य पनि हो। तालमा घुम्न, पिकनिक खानमात्र नभएर चलचित्र र म्युजिक भिडियो छायाँकनका लागिसमेत पुग्नेहरुको संख्या बढ्दो छ। सरोवरमा बोटिङ र स्वीमिङ समेत गर्न सकिन्छ। झोलुङ्गे पुल, ठाडो झरना , भेडा फर्म र वरिपरिको हरियाली वन त्यहाँका मुख्य आकर्षणहरु हुन्।

 

 

Facebook Comment

छुटाउनुभयो कि?