वाणिज्य विभागको आग्रह-केही दिन मँहगो प्याज नकिन्नुस्

पर्यटन बजार१ आश्विन २०७७, बिहीबार मा प्रकाशित

वाणिज्य विभागको आग्रह-केही दिन मँहगो प्याज नकिन्नुस्

असोज १, काठमाडौं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले भनेको हो ।

‘प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन्,’ विभागका निर्देशक एवम् सूचना अधिकारी रवीन्द्र आचार्यले भने । छिट्टै बिग्रन सक्ने कारणले गर्दा प्याज धेरै समय लुकाउन नसक्ने उनको भनाइ छ ।

Facebook Comment

छुटाउनुभयो कि?