विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

पर्यटन बजार२३ पुष २०७७, बिहीबार मा प्रकाशित

विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

पुस २३,विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

Facebook Comment

छुटाउनुभयो कि?