विश्वकै चौँथो अग्लो हिमाल ल्होत्सेमा पुगे आरोही

पर्यटन बजार२ जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

विश्वकै चौँथो अग्लो हिमाल ल्होत्सेमा पुगे आरोही

 जेठ २, काठमाडौं । यस वर्षको हिमाल आरोहणको सिजन सुरु भएसँगै आराेहीहरुले सोलुखुम्बु जिल्लामा रहेको विश्वकै चौँथो अग्लो हिमाल ल्होत्सेको आरोहण गरेका छन्। नेपालका शेर्पासँगै पाँच जना विदेशी आरोहीले मगंलबार बिहान ९ः४७ मा आरोहण गरेका हुन।

८ हजार ५ सय १६ मिटर अग्लो हिमाल आरोहणका लागि बाटो बनाउँदै आरोहीहरु चुचुरोमा पुगेका सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ५ विदेशीसहित १२ जनाले ल्होत्से हिमाल आरोहण गरेका छन्। जसमा एक पाकिस्तानी, दुई ग्रिस र दुई चिनियाँ आरोही र ७ नेपाली सहभागी छन्। ७ नेपालीमध्ये २ गाइड र ५ जना भरिया रहेको श्रेष्ठले जानकारी दिए।

ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कञ्चनजंघा हिमालपछिको विश्वकै चौथो अग्लो हिमाल हो। चुचुरोमा पुग्ने नेपालीहरुमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा रहेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?