विश्वको सर्वोच्च शिखर सगरमाथा बारेका केहि रोचक तथ्य

पर्यटन बजार१० फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित

विश्वको सर्वोच्च शिखर सगरमाथा बारेका केहि रोचक तथ्य

फागुन १०, काठमाडौं  ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ । तर, चीनतर्फबाट भन्दा नेपालतर्फको मोहडाबाट आरोहण प्रख्यात रहेको छ ।तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ   राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङमा  भन्दछन् ।

सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि  बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।

१. सगरमाथाको चुचुरोमा पुग्नको लागी १८ अलग अलग बाटोहरु छन् ।

२. २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाई १ इन्च  घटेको छ ।

३. सगरमाथामा चढ्नको लागी यसअघि १५ लाख रुपैयाँ तिर्नु  पर्थ्यो भने अहिले लगभग सात लाख मात्र तिर्नु पर्दछ ।

४. सगरमाथाको चुचुरोमा हावाको रफ्तार ३२१ किलोमिटर प्रतिघण्टा सम्म हुनसक्छ ।

५. सगरमाथाको चुचुरोमा तपक्रम –८० डिग्री फोरेनहाइट सम्म हुन्छ ।

६. पछिल्लो ४२ वर्षमा सन् २०१५ बाहेक हरेक वर्ष सगरमाथामा कोही न कोही पुगेका छन् ।

७. सन् २००८ देखी २०११ सम्म सगरमाथामा चलार्ईएको सफाई अभियानमा ४०० किलोग्राम फोहोर निकालीएको थियो ।

८. बि.स. २०१२ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् साथै उनले सगरमाथाको स्थानीय नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।

९. सामान्य अवस्थामा सगरमाथाको चुचुरोबाट तल झर्न ३ दिन लाग्छ तर सन् २०११ मा दुई नेपालीहरु प्याराग्लाईडिङको  सहायताले  ४८ मिनेटमा तल झरेका थिए ।

१०. सगरमाथाको अंग्रेजी नाम माउन्ट एभरेष्ट  सन्  १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा नामाकरण गरिएको थियो । उनले १३ वर्ष लगाएर  सबैभन्दा अग्लो चुचुराको सर्वेक्षण गरेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?