विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या तीन करोड नाघ्यो

पर्यटन बजार१ आश्विन २०७७, बिहीबार मा प्रकाशित

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या तीन करोड नाघ्यो

असोज १,काठमाडौं।विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नाघेको छ ।

नेपाली समय बिहीबार ११:३० बजे सम्म विश्वभरीमा तीन करोड ३८ हजार ६३४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड १८ लाख ६ हजार ७१३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७२ लाख ८६ हजार ८२२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार २४४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख ४५ हजार ९९ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १ हजार ३४८ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ५१ लाख १८ हजार २५३ जना सङ्क्रमित भएका छन् भने ८३ हजार २३० जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने एक लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?