विश्वमा वन्यजन्तुको जनसंख्या चिन्ताजनक रूपमा घटेको छैन’

पर्यटन बजार९ मंसिर २०७७, मंगलवार मा प्रकाशित

विश्वमा वन्यजन्तुको जनसंख्या चिन्ताजनक रूपमा घटेको छैन’

मंसिर ९, काठमाडौँ।मेरुदण्ड भएका अधिकांश वन्यजन्तुहरु – स्तनपायी, उभयचर, चरा, सरिसृप र माछा समुहको जनसंख्या स्थिर रहेको एक अध्ययनले देखाएको छ । प्रत्येक दुई वर्षमा सार्वजनिक हुने पर्यावरणको क्षेत्रमा काम गर्दै आएको समुह डब्ल्यूडब्ल्यूएफले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

डब्ल्यूडब्ल्यूएफले सन् १९७० देखि मेरुदण्ड भएका वन्यजन्तुको जनसंख्याको गणना गर्दै आएको यो अध्ययनमा सहभागी शोधकर्ताहरुले १४ हजार हाड भएका वन्यजन्तुको निरीक्षण गरेका थिए । अध्ययनअनुसार जनसंख्या सबैभन्दा छिटो घटेका एक प्रतिशत वन्त्यजन्तुलाई हटाउने हो भने समग्र संख्याको आधारमा बाँकी वन्यजन्तुहरुको संख्या स्थिर रहेको देखिन्छ ।गत सेप्टेम्बर महिनामा डब्ल्यूडब्ल्यूएफको लिभिङ प्लानेट इन्डेक्सले सबै जनावरको जनसंख्या औसतमा ६८ प्रतिशतले घटेको देखाएको थियो । यसले विश्वको ध्यान आकर्षित गरेको थियो ।

‘सबै जनसंख्याको ट्रेन्डलाई एउटै अंकमा गाभेर हेर्दाश समग्र जनसंख्या नै घटिरहेको देखिएको आभाष भएको हो’, नयाँ अध्ययनका वरिष्ठ शोधकर्ता ब्रियन लेउङले बताए । यद्यपि प्राप्त प्रमाण भने यो तथ्यसँग मेल नखाने उनको भनाइ छ ।

कुनै कुनै क्षेत्रमा कुनै प्रजातिको जनसंख्यामा भने ठूलो गिरावट आएको छ । जस्तो कि एसिया–प्यासिफिक क्षेत्रमा चरा र अमेरिकी क्षेत्रमा सरिसृपको जनसंख्यामा कमी आएको छ । तर, यो संख्यालाई समग्र औसतमा मिसाउँदा भने यसले गलत सन्देश दिने लेउङको भनाइ छ ।

यसअघि सार्वजनिक भएको इन्डेक्सको अर्थ विश्वभरका समग्र वन्यजन्तुको संख्यामा ६८ प्रतिशत कमी आयो भन्ने किसिमको नरहेको लेउङले बताए । जनसंख्यामा ठूलो कमी आएका केही प्रजातिको संख्या पनि समग्र संख्यामा राखेर औसत निकाल्दा समग्र जनसंख्यामा नै ठूलो कमी आएको जस्तो देखिएको शोधकर्ताहरुको भनाइ छ । यद्यपि जनसंख्यामा ठूलो कमी आएका केही वन्यजन्तुलाई हटाउने हो भने वन्यजन्तुको जनसंख्या समग्रमा स्थिर नै देखिएको छ ।

यद्यपि बाँकी ९९ प्रतिशत वन्यजन्तुको जनसंख्या पनि सब ठीकठाक भने नरहेको वैज्ञानिकहरु बताउँछन् । उनीहरुका अनुसार सबैभन्दा धेरै जनसंख्या बढेका र सबैभन्दा धेरै जनसंख्या घटेका १०÷१० प्रतिशत वन्यजन्तुलाई आधार मानेर हेर्ने हो भने सन् १९७० यता वन्यजन्तुको जनसंख्यामा ४२ प्रतिशतको गिरावट आएको छ । लेउङले आफूहरुको उद्देश्य जैविक विविधताको समस्या छैन भन्ने देखाउनु नरहेको बताए । यद्यपि यो समस्या यसअघि अनुमान गरिएभन्दा कम रहेको उल्लेख गरे ।

Facebook Comment

छुटाउनुभयो कि?