वेवारिसे अवस्थामा रहेका टर्किका नागरिकलाइ पर्यटक प्रहरीले गर्यो उद्दार

पर्यटन बजार२५ चैत्र २०७५, सोमबार मा प्रकाशित

वेवारिसे अवस्थामा रहेका टर्किका नागरिकलाइ पर्यटक प्रहरीले गर्यो उद्दार

 चैत २५, काठमाडौं । पोखरा पर्यटक प्रहरीले वेवारिसे अवस्थामा रहेका टर्किका नागरिकलाइ  उद्दार गरेको छ । अध्यागमन कार्यालय पोखराले वास्ता नगरे पछि पोखरा महानगरपालिका वडा न ३१ बेगनास ताल को छेउमा बिगत १ महिना देखि टेन्ट टागेर बसिरहेका टर्किका ओसमान फिरात कोर्कमाजलाइ उद्दार गरि काठमाडौँ पठाइएको हो ।

पोखरा पर्यटक प्रहरी सहायक निरिक्षक विधान सिह क्षेत्रीका अनुसार  सन् २०१७ मा नेपाल घुम्न आएका उनि  के खाउ र के लाउ भन्ने अवस्था तथा दम को बिरामी, खुट्ठा मर्केको उपचार गर्ने पैसा समेत नभएको अवस्थामा रहेका कोर्क्माज लाइ पोखरा पर्यटन प्रहरी कार्यालयले औषधी उपचार गरी अध्यगमन कार्यलय कालिकास्थान पठाइएको छ ।

वेवारिसे अवस्थामा फेलापरेका  कोर्कमाज काे भिषा सहितकाे पासपोर्ट तथा ट्राभलिङ सम्वन्धी कुनै पनि लिगल कागजपत्र उपलब्ध छैन ।

Facebook Comment

छुटाउनुभयो कि?