शाकाहारी पार्टीका प्रदेश संयोजकले बुवाको पुण्यतिथिमा वितरण गरे खाना

पर्यटन बजार३१ भाद्र २०७७, बुधबार मा प्रकाशित

शाकाहारी पार्टीका प्रदेश संयोजकले बुवाको पुण्यतिथिमा वितरण गरे खाना

भदौ ३१, काठमाडौं । नेपाल शाकाहारी पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक इन्द्र मल्लले काठमाडौंमा झण्डै २ हजार जनालाई आज शाकाहारी भोजन खुवाउनु भएको छ ।मल्लले आफ्ना बुवाको १३ औं पुण्यतिथिमा सर्वसाधारणलाइ खाना खुवाउनु भएको हो ।

वहाँका पिता गंगाराम मल्लको ७३ वर्षको उमेरमा कञ्चनपुरको बेदकोट नगरपालिका ३ मा गत भदौ २० गते निधन भएको थियो । हाल आफ्नै घर कञ्चनपुरमा रहनु भएका मल्लले बुबाको सम्झनामा काठमाडौंका विभिन्न ठाउँमा रहेका सर्वसाधारणलाई भोजन गराएको बताउनुभयो ।

‘म त कञ्चनपुरको घरमै छु, मेरो समन्वयमा त्यहाँ रहेका साथीहरुले भोजन ग्रहण गराउनु भएको हो ’ वहाँले भन्नु भयो। ‘हाल विश्वमै महामारी बनेर आएको कोरोना भाइरसको त्रास त्यस बाट उब्जिएको लकडाउन र अन्य कारणले पनि समस्यामा परेका नागरिकलाई केही भए पनि राहत होस् भन्ने उदेश्य का साथ खाना खुवाउने सोच बनाएको मल्ल बताउनु हुन्छ ।

रत्नपार्क, बसपार्क, कलंकी, त्रिपुरेश्वर, पशुपति क्षेत्रलगायतका ठाउँमा पुगेर पार्टी अध्यक्ष राधेश्याम खड्का र फुड बैंकले भोजन वितरण गरेका थिए । उनले दुःखको घडीमा खड्का र फुड बैंकले गरेको सहयोगप्रति पनि आभार व्यक्त गर्दै बुबाको सम्झनामा कसैलाई सहयोग गर्न पाएकामा खुशी लागेको बताउनु भएको छ ।सामाजिक कार्यमा सदैब तत्पर रहने मल्ल ले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै यस दुखद घडीमा शोक सन्तप्त परिवारलाई साथ , सहयोग गर्ने, श्रदान्जली अर्पण गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको छ।

Facebook Comment

छुटाउनुभयो कि?