शाकाहारी पार्टीद्वारा ३ हजार परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण

पर्यटन बजार२७ आश्विन २०७७, मंगलवार मा प्रकाशित

शाकाहारी पार्टीद्वारा ३ हजार परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण

असोज२७, काठमाडौं। ७ नं प्रदेश का विपन्न बस्तीहरूमा कोरोना राहत वितरण गरिएको छ । कोरोनाले विश्वलाई नै त्रासमा पारेको अवस्थामा नेपाल साकाहारी पार्टीले महेन्द्रराजमार्गको नदीका छेउमा अवस्थित सुकुम्बासी बस्तीमा रहेका करिव ३ हजार परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेको हो।

१० हजार जना लाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी सँगै लुगाफाटो, र खानेकुरा वितरण गरिएको प्रदेश संयोजक इन्द्र मल्लले जानकारी गराए। यो विषम परिस्थितिमा निम्न वर्ग नै बढी प्रभावित बनेको कुरालाई स्मरण गर्दै उनीहरूलाई केही राहत ,केही सहयोग होस भन्ने उद्देश्यले यो कार्यक्रम गरेको मल्लले बताए।

नेपाल शाकाहारी पार्टीले समय समयमा यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको र यसपटक पनि दिन दुखी हरुको सेवामा आफ्नो पार्टी लागेको र निरन्तर लागिरहने अध्यक्ष राधेश्याम खड्काले पर्यटन बजार लाई जानकारी गराएका छन् ।

यस कार्यमा इजरायल निवासी समाज सेवी पवित्रा गौतम,कपडा बैंकका राधेश्याम खड्का ,नेपाल साकाहारी पार्टी,७ नं प्रदेश सम्पर्क कार्यालय, समा जसेवि तथा व्यवसायी राज बहादुर ऐर,अनलाइन पाना टोली,र पर्यटन बजार डट कम को सहयोगमा यो कार्य गर्न सकिएको इन्द्र मल्लले बताएका छन् ।

शाकाहारी पार्टीले यस अघि पनि लक डाउन मा क्वारेन्टाइन मा बसेका व्यक्तिहरूलाई तागतिलो , भिटामिन युक्त खानेकुरा को अभाव नहोस र स्वस्थ्य खानेकुरा बाट कोरोना संग लड्न केही भए पनि क्षमता प्रदान होस भन्ने उद्देश्यका साथ फलफूल वितरण कार्य गरेको थियो।

शाकाहारी पार्टीले काठमाडौं का मन्दिरमा रहेका बाँदर, सडकमा रहेका छाडा कुकुर,दैनिक ज्याला मजदुर गरेर जीविकपार्जन गर्ने विपन्न वर्गका मानिसहरूलाई खाना खुवाउने , फलफूल वितरण गर्ने र पानी वितरण गर्ने काम समेत गरिरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?