शान्ति र समानताको संदेश दिन ‘वीर बिक्रम २’ ले पर्पल कार्पेट प्रिमियर गर्ने

पर्यटन बजार१८ बैशाख २०७६, बुधबार मा प्रकाशित

शान्ति र समानताको संदेश दिन ‘वीर बिक्रम २’ ले पर्पल कार्पेट प्रिमियर गर्ने

वैशाख १८, काठमाडौं । निर्देशक मिलन चाम्सले शान्ति र समानताको संदेश दिन सिनेमा ‘वीर बिक्रम २’को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली सिनेमा क्षेत्रमा पहिलो पटक हुन् लागिरहेको यस खालको प्रिमियरले सिनेमाका कलाकार र प्राविधिकलाई राजकीय सम्मान पनि प्रदान गर्नेछ ।

हलिउडमा सफलताका साथ मनाउने पर्पल कार्पेट प्रिमियर नेपालमा पनि हुने भएको हो। प्रतिक्षित मानिएको फिल्म बिर बिक्रम २ ले सो प्रथालाई नेपाल भित्राउने भएको छ। यहि जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको पर्पल कार्पेट प्रिमियर फिल्म प्रदर्शनको ठिक २ दिन अगाडी राजधानीमा हुने जानकारी फिल्मका निर्देशक मिलन चाम्सले दिएका छन।

पछिल्लो समयमा हलिउड ब्लक बस्टर ‘एभेन्जर्स: इन्फिनिटी वार’, ‘ब्ल्याक प्यान्थर’ र ‘एभेन्जर्स: इन्ड गेम’ले पर्पल कार्पेट प्रिमियर गरिसकेका छन।

मोफसल टुरका लागि तयारी गर्दै गरेको फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री, सुर्यांश खड्का, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ ।

Facebook Comment

छुटाउनुभयो कि?