शेखरजंग रायमाझीको सम्झनामा स्व. कोषराज काफ्ले

पर्यटन बजार२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

शेखरजंग रायमाझीको सम्झनामा  स्व. कोषराज काफ्ले

 चैत २४, काठमाडौं । सह प्राध्यापक/अधिवक्ता कोषराज काफ्ले हामी बिच रहनु भएन, २०७५ चैत्र १५ गते शुकबार काठमाडौं महाराजगंज स्थित टिचिङ्ग हस्पिटलमा साझ ९ बजे वहाँले यो धरती छोडनु भयो । हामीले वहाँको पार्थिव शरीरलाई टिचिङ्गको प्रांगणमा श्रद्दाञ्जली गयौ र पशुपति आर्यघाटमा वहाँको दाह संस्कार गरीयो, छोरी गरीमा काफ्लेले मुखाग्नी दिईन । अधिवक्ता काफ्ले हामीहरु र यो राष्ट्रको लागी ज्यादै महत्वपुर्ण व्यक्ति हुनुहुन्थ्यो । मेरो पहिलो भेट वहाँसँग २०६२ सालमा भएको थियो । वहाँ अस्थायी शिक्षकको रोजगारी स्थायित्वको विषयमा तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रलाई समस्या अवगत गराउने र मौसुफबाट न्याय दिलाउन प्रयासरत हुनुहुन्थ्यो ।

त्यो समय तत्कलीन शेरबहादुर देउवाको सरकारले शिक्षकहरुलाई बेरोजगार बनाउने निति लिई रहेकोमा, ती शिक्षकहरुको पक्षमा उनिहरुलाई रोजगारीको मौलिक हक दिलाउन तत्कालिन राजा ज्ञानेन्द्रलाई सम्पुर्ण अत्यचारका व्यहोरा अवगत गराउन सफल भएका थियौ ।  सो पश्चात राजा ज्ञानेन्द्रबाट तत्कालीन शेरबहादुर देउवाको सरकार अपदस्त गरी २०६२ माघ १७ गते आफ्नो विवेकक प्रयोग गर्दै अध्यादेश जारी गरी शिक्षकहरुको रोजगारीको निरन्तरता सुनिश्चत गरी न्याय दिई बक्सेको थियो । यसरी आफ्नो रोजगारीको पक्षमा राजाबाट विवेक प्रयोग गरी न्याय बक्सेको कारणले शिक्षकहरु आज पर्यन्त नेपालको राज संस्था प्रति कतज्ञता जाहेर गरेको देखिन्छ ।

 स्व. काफ्लेको निरन्तरको कृयासिलताले बिसौं हजार शिक्षक स्थाई भएका छन । त्यो बिचमा अरु  १३ हजार शिक्षकहरुलाई पनि उनिहरुको रोजगारीको स्थाईत्व र सेवा सुविधाको लागी कानुनी तथा अनेक प्रकारका लडाई गर्दै आईरहेको कुरा सबै शिक्षक तथा आम जनमानसमा बिदित छ । _ वि.सं. २०५८ साल पछी अधिवक्ताको रुपमा वहाँले सुकुम्बासी, बाढीपिडीत, भुकम्प  पिडित, प्रकृति प्रकोप पिडित, अस्थायी शिक्षक, करार शिक्षक, राहत शिक्षक, अस्थायी विद्यालय कर्मचारी तथा अन्य अन्यायमा परेका समेत गरी करीब ८१ लाख जना सरोकारवालाहरुको पक्षमा कानुनी लडाई लडदै आइरहनुभएको थियो ।

त्यस्तै सामुदायीक विद्यालयको जमीन अनि विश्वविद्यालय, मसानघाट, गौचरन, देवस्थल र वन जंगल खोलानाला तथा ताल तलैया अतिक्रमण लगायत कुनैपनि सार्वजनिक जमिनो रक्षा गर्न कानुनी लडाई र आवश्यक ठाउँ पुनरुत्थानवादी शक्ती नेपालको साथ लिई दल प्रयोग गरी भौतिक लडाई पनि लड्दै आइरहनु भएको थियो।

२o६२ सालमा नेपालका राजनितिक दलहरुले भारतको दिल्लीमा १२ बुंदे सहमति गरेपछी  नेपालको राष्ट्रीयता खतरामा परेको महसुस गरी मुलुकको सार्वभौमसत्ता, राष्ट्रीय स्वाधिनता र अखण्डताको रक्षार्थ पुनरुत्थानवादी शक्ती नेपाल २०६२ स्थापना गरी सो शक्तिको सिदान्तकार तथा प्रमुख सल्लाहकारको रुपमा राष्ट्रीयताको आवाज बुलन्द पारी रहनु भएको थियो ।

पुर्व मन्त्री तथा प्रजनतन्त्रबादी नेता प्रकाश कोइराला ( जन नायक वि.पि. कोइरालाको जेस्ठ  सुपुत्र) को अध्यक्षतामा स्थापना गरीएको “नेसनल मुझमेन्ट ” मा संस्थापक महामन्त्रीको
रुपमा कृयासिल हुदै म आईरहेको छु। यसै दौरान वहाँसंग पुन भेटघाट भई सर सल्लाह गरी गणतन्त्रका शासक र सत्ताले अन्याय र अत्याचारमा पारेका नागरीक, वर्ग, समुदाय तथा राष्ट्रहितकारी संस्थालाई एकबद्दता गर्दे राष्ट्रको क्षती र घात अन्तरघातबाट जोगाउन र उनिहरुलाई परास्त गर्ने अठोट गर्दै पुनरुत्थानवादी समुहलाई पुनरुत्थानवादी शक्ती नेपाल बनायौं र यो शक्तिमा म शेखरजंग रायमाझी नेताको रुपमा कृयासील रही आएको छु र स्व. काफ्ले प्रमुख सल्लाहकार रूपमा हुनुहुन्थ्यो ।

स्व काफ्ले राजा ज्ञानेन्द्र बाट  अत्यधिक प्रभावित हुनुहुन्थ्यो ।  राष्ट्र संकटमा पर्दा सासनसत्ता हातमा लिई सम्हाल्ने साहस र उत्तरदायीत्व अनि राजपाठ परित्या गर्ने कदम ज्यादै अभुतपुर्व र महान हो भन्नुहुन्थ्यो । मौसुफ़ सरकारको बारेमा एउटा अदभूत ग्रन्थ बन्न सक्छ भन्ने उहाँको धारणा थियो । निर्भिक कर्मठ निडर पराक्रमी अनि दयालु सहयोगी सह हृदयी स्वभावका स्व. काफ्ले यो देशको ईतहास मुल्य मान्यता संकृतिको जर्गेना गर्दै राजाको बिबेक अदालतको न्याय सेनाको शक्ति र वर्ग/समुदायको नितिनिर्माण सभालाई समायोजन गर्दै राज्य संचालन गर्नु पर्दछ भन्ने सिद्धान्तकार हुनुहुँन्थ्यो ।

हामी यो पुनरुत्थानवादी शक्ति नेपालका सम्पुर्ण साथीहरु  वहाले प्रतिपादन गरेको सिद्धान्त अनुसरण गर्दै यो देशको रक्षा र सम्वर्धन गर्ने प्रण गर्दै उहा को स्वर्गीय आत्मालाई चिर शान्ती
मिलोस भनी प्रार्थना गर्दछौ र हाम्रो नेपाल सुन्दर शान्त विशाल बनाउने सपना साकार पार्ने प्रण गर्दछौं ।

 

Facebook Comment

छुटाउनुभयो कि?