पर्यटन बजार३ माघ २०७७, शनिबार मा प्रकाशित
डोल्पा, माघ ३ : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तुको तस्करीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ।
निकुञ्ज र प्रहरीको टोलीले त्रिपुरासुन्दरी नगरपालिका–११ मुह इलाकाबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मुह गाउँका ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, त्रिपुरासुन्दरी–७ पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन्।
उनीहरुबाट दुई बन्दुक, एक डिब्बा बारुद, ४५ छर्रा, कस्तुरी मार्ने १४ वटा पासो, चौरीको दुईटा सिंग र कस्तुरीको दुईटा दाँत बरादम गरेको जनाएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit