श्री एयरलाइन्स शुक्रबारबाट काठमाडौं–पोखरा उडान सुरु

पर्यटन बजार२८ माघ २०७६, मंगलवार मा प्रकाशित

श्री एयरलाइन्स शुक्रबारबाट काठमाडौं–पोखरा उडान सुरु

माघ २७, काठमाडौं। श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान सुरु गरेको छ ।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र माग अनुसार ५ वटासम्म उडान गर्ने योजना रहको बताए । ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उनले बताए ।

एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु ४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताए ।

श्री एयरलाइन्सले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगंज, धनगढीलगायतका विमानस्थलमा सेवा दिँदै आएको छ । सेवा बढाउँदै जाने रणनीति अनुसार श्री एयरलाइन्सले थप तीनवटा ड्यास एट क्यु ४०० जहाज खरिद गर्ने योजनामा रहेको प्रबन्धक मानन्धरले बताए । उनले नेपाली यात्रुलाई जस्तै विदेशी यात्रुलाई समेत तीन वटा भाडादर उपलब्ध गराएको बताए ।

Facebook Comment

छुटाउनुभयो कि?