संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ

पर्यटन बजार१७ असार २०७७, बुधबार मा प्रकाशित

संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ

असार १७, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

‘उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने’ मंगलबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेकाले सरकारलाई यस्तो निर्देशन दिइएको समिति सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् ।

यसैगरी, समितिले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन र अनुगमन गर्न संघीय सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले स्थानीय तहले बजेट अभावमा कोरोना भाइरस रोकथाममा प्रभावकारी काम गर्न नसकेको बताएका थिए ।

प्रमुख विपक्षी कांग्रेसकी सांसद अनिता देवकोटाले बिरामी, काठमाडौंमा जागिर भएका र काठमाडौंमा नै व्यवसाय गर्नेहरुलाई सहज रूपमा उपत्यका आउन दिनुपर्ने बताएकी थिइन् ।

Facebook Comment

छुटाउनुभयो कि?