सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्प , नियालौं तस्बिर बाट !

पर्यटन बजार५ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्प , नियालौं तस्बिर बाट !

 जेठ ५ , काठमाडौं ।  एभरेस्ट बेस क्याम्प , विश्वचर्चित स्थान हो। संसारकै अग्लो हिमाल सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्प ट्रेकिङका लागि आकर्षक गन्तव्य पनि हो । यहाँ देशी तथा विदेशी पर्यटकको ओइरो लाग्छ । यात्राका क्रममा ढकमक्क फुलेका लालीगुरा“स, ढुङ्गाको छाना भएका शेर्पा बस्ती, नाम्चे बजारलगायत उत्कृष्ट दृश्यावलोकनले जोकसैलाई स्वर्गीय अनुभूति प्रदान गर्छन् ।

समुद्री सतहदेखि ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको एभरेस्ट बेस क्याम्पमा पदयात्राका लागि न्यूनतम १० देखि १५ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट लुक्लासम्मको आधा घण्टा हवाई यात्रापछि पदयात्रा सुरु हुन्छ ।

हेरौं एभरेस्ट बेस क्याम्पका केहि तस्बिरहरु :

Facebook Comment

छुटाउनुभयो कि?