सगरमाथामा आरोहीको ट्राफिक जाम

पर्यटन बजार१० जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

सगरमाथामा आरोहीको ट्राफिक जाम

जेठ १०, काठमाडौं । सगरमाथा व्यापारिक पर्वतारोहण हुने संसारकै लोकप्रिय हिमाल हो । यसको आरोहण पर्वतारोहणको वास्तविक मर्मअनुसार भने हुँदैन । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाकाअनुसार सगरमाथामा पैसा तिरेर अरुको सहायतामा आरोहण गरिन्छ । यो व्यापारिक आरोहण हो । त्यसकारण यहाँ कुनै पनि प्रकारको जोखिम मोलेर कसैले पनि आरोहण गर्दैनन् । किनकी त्यहाँ प्रोफेसनल आरोहीभन्दा कीर्तिमानका लागि आउने आरोही धेरै हुन्छन् ।

प्रतिकूल मौसम हुनासाथ आरोहीलाई क्याम्प मै राखिन्छ । जब मौसम खुल्यो भन्ने जानकारी आउँछ, त्यसपछि एकसाथ सबै आरोही अगाडी बढ्छन् । जसले गर्दा बाटोमा आरोहीको लामो जाम हुन जान्छ ।

Facebook Comment

छुटाउनुभयो कि?