पर्यटन बजार५ जेष्ठ २०७६, आईतवार मा प्रकाशित
बैशाख ५, भैरहवा । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको संम्झनामा लुम्बिनीमा गोन्पा(गुम्बा) निर्माण हुने भएको छ । गोन्पाको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका छन् । २ बर्ष भित्रमा निर्माण सम्पन्न हुने सो गोन्पा सुविधायुक्त हुने छ ।
लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि ५ करोड लागतमा गोन्पा निर्माण गर्न लागिएको उनको परिवारले जानकारी दिएको छ । १४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए।
गोन्पामा आठवटा चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ। यति एयरल्यान्सका निर्देशक समेत रहेका शेर्पाको गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन र विश्वभरका भिक्षुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई वर्ष भित्रमा गोन्पाको निर्माण सम्पन्न हुने शेर्पाको भनाइ छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit