सरकारले क्वारेन्टाइन सिस्टम नहटाए र अनअराइभल भिसा नखुलाए आन्दोलनमा जान्छौं – पर्यटन ब्यबसायी

पर्यटन बजार१० फाल्गुन २०७७, सोमबार मा प्रकाशित

सरकारले क्वारेन्टाइन सिस्टम नहटाए र अनअराइभल भिसा नखुलाए आन्दोलनमा जान्छौं – पर्यटन ब्यबसायी

फागुन १० ,काठमाडौँ। पर्यटन क्षेत्रका छाता संगठन हरुले संयुक्त रूपमा पत्रकार सम्मेलन को आयोजना गरेका छन् । कोरोना ले पर्यटन करिब एक वर्ष देखि थिलथिलो रहँदा पनि सरकारको ध्यान नपुगेको भन्दै पर्यटन व्यवसायिहरुले पत्रकार सम्मेलन गरेका हुन ।

कार्यक्रममा ना ट्टा का अध्यक्ष अच्युत गुरागाईं ले पर्यटन क्षेत्रका लागि मात्र कोरोना को पावन्दी लगाइएको गुनासो गरेका छन् । तुरुन्तै क्वारेन्टाइनको व्यवस्था हटाएर अन अराइभल भिसा को व्यवस्था गर्नुपर्ने अध्यक्ष गुरागाईं ले बताउनुभयो। शक्ति प्रदर्शन गर्न , हुल जम्मा गर्न , विदेशी टोलीले नेपाल आई सेमिनार गरेर जान मिल्ने, त्यसो गर्दा कोरोना नलाग्ने, मास्क र स्यानिटाइजर पनि नचाहिने तर पिसिआर रिपोर्ट लिएर भ्रमण गर्न इच्छुक पर्यटकलाई चाहिँ अनावश्यक नियम लगाइएको भन्दै अध्यक्ष गुरागाईं ले यस नियमको भत्सर्ना समेत गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रको समस्या माथि अझै सरकार ले ध्यान नदिए आफूहरु आन्दोलनमा उत्रने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुम वहादुर सुबेदी ले बताउनु भयो । पर्यटन व्यवसायी को समस्या लाई बारम्बार अवगत गराउँदा पनि कुनै चासो नदिएको र राहतका कार्यक्रम समेत नल्याएको भन्दै यस कार्यको बिरोध गर्नुभयो।

यस्तो छ , पर्यटन क्षेत्रको छाता संगठन को माग :

Facebook Comment

छुटाउनुभयो कि?