सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दिए पदबाट राजीनामा

पर्यटन बजार७ फाल्गुन २०७५, मंगलवार मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले  दिए पदबाट राजीनामा

फागुन ७ ,काठमाडौं  । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।  प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा  नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्ने बाहेक अन्य भूमिका नपाएका जोशीले आज राजीनामा दिएका हुन्।

राणाभन्दा अगाडि प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन्। न्याय सम्पादनमा उनी सक्रिय नै रहेका थिए। तर, चोलेन्द्र शम्शेर जबरा प्रधान न्यायाधीशमा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनबाट अलग्याइएको थियो। संसदीय समितिको सर्वोच्चतालाई आधार मान्दै नव नियुक्त प्रधान न्यायाधीशले उनलाई कुटनीतिक शैलीमा राजीनामाको बाटो देखाइसकेका थिए।

प्रधान न्यायाधीशमा प्रस्तावित जोशी साउन १९ गते संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। त्यसपछि उनलाईलाई राजीनामा लागि दबाब दिइए पनि राजीनामा दिएका थिएनन्।  उमेरका आधारमा आगामी जेठ सम्म उमेर हदका आधारमा उनको पदावधि बाँकी नै थियो।

Facebook Comment

छुटाउनुभयो कि?