सांसद खतिवडाको प्रश्न , अरु देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिने ?

पर्यटन बजार८ फाल्गुन २०७५, बुधबार मा प्रकाशित

सांसद खतिवडाको प्रश्न , अरु देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिने ?

फागुन ८, काठमाडौं । सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् । बुधबार संसदको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे । ‘अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ?

जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए । नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए ।
Facebook Comment

छुटाउनुभयो कि?