पर्यटन बजार१६ बैशाख २०७६, सोमबार मा प्रकाशित
सुरु बाटै नेपाली स्थानीय खानालाई प्राथमिकतामा राखेर काम गरिरहेको यस रेस्टुरेन्टले आफ्नो पहिलो शाखामा पनि यसलाई नै जोड दिएको छ । समय र परिस्थिति अनुकूल चल्नु पर्ने कुरामा पनि पंकज सहित उनको समूह सचेत छ। मुख्य रूपमा सेकुवालाई आफ्नो व्यावसायिक प्राथमिकताका साथ स्थापित ‘माइकल ग्रिल’ ले ग्राहकहरूको अथक साथ मात्र नभएर निरन्तरको सुझाप, सहयोगका कारण नै ग्राहक कै माग अनुरूप शाखा बिस्तार गरिएको पंकजको भनाइ रहेको छ ।
उनका अनुसार पहिलो ‘माइकल ग्रिलमा’ परिवार र कर्पोरेट क्लाइन्ट लाई बस्ने र स्मोकिंग जोनहरू सँगै भएका कारणले परिवार र बच्चाका निम्ति केही असहज अवस्था थियो । यस शाखामा भने नंस्मोकिंग जोनको व्यवस्था गरिएको छ । माइकल ग्रिलको नयाँ शाखाले बच्चालाई खेल्ने गार्डेन, फेमिली रुम र नेपानी स्न्याक्स मात्र नभएर नेपाली खानालाई पनि जोड दिइएको छ । यस किसिमका थप विशेषताका साथ ‘माइकल ग्रिल’ ले आफ्नो पहिलो शाखा बिस्तार गर्दै छ।
पंकज भन्छन्; “ हामीले के गर्दै छौँ र कसको लागि गर्दै छौँ भन्ने कुरा चाही हामीले सबैभन्दा पहिला दिमागमा राख्नु पर्छ ।सायद ग्राहक नै नभइदिएको भए ? आज हामी यहाँ हुने थिएनौ।‘माइकल ग्रिल्स’ को प्राथमिकतामा सधैँ पहिलो ग्राहक,दोस्रो काम गर्ने टिम र तेस्रोमा चाहिँ लगानी कर्ता हुन् । त्यस कारण हाम्रो पहिलो प्राथमिकता भनेको ग्राहकका निम्ति रहन्छ । किनकि हामी जे गर्छौ, भोलिको दिनमा जे सुधार्छौ यी सबै काम गर्ने भनेको ग्राहकको कारण र ग्राहक को निम्ति नै हो । द्रोस्रो हाम्रो समूह; जसले यहाँ; दिन रात मेहनत गर्छन् । सेवाको होस् या भान्सामा होस, जो दिन रात खटेकै हुन्छ । अनि तेस्रोमा लगानी कर्ता रहन्छ । यही हिसाबले हामी आफ्ना महत्त्व अनुसारका विषयलाई प्राथमितामा राख्दै अगाडी बढेका छौँ ।
माइकल ग्रिलले सबैकुरा केन्द्रीकरण गर्दैछ जस्तै, कर्मचारी तालिम, लेखा, कमचारी छनोट तथा नियुक्ति, भान्साको खाना यी सबै कुरा एउटा ठाउँ बाट मात्र पूर्ति गर्दछ । माइकल ग्रिल सबै ब्रान्चको खाना को स्वादमा समानता ल्याउनमा संधै सजग रहने छ।
माइकल ग्रिलका सञ्चालक पंकज खड्का का अनुसार आगामी असार भित्र अन्य तिन वटा शाखा बिस्तारका योजना रहेका छन् । जसमा पोखरा, तीनकुने र बसुन्धारा मा एक वर्ष भित्र यी तिन वटा शाखालाई सञ्चालनमा ल्याउने र त्यसपछिको अर्को एक वर्ष भित्र मास्टर फेन्साइसको सोच रहेको पंकजले बताउनु । जस अन्तरगत; काठमाडौँ मा मात्र सीमित नरहेर देशका प्रमुख सहर सम्म माइकल ग्रिल लाई पुर्याउने योजना रहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit