सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा एक बिदेशी नागरिकको मृत्यु

पर्यटन बजार१९ फाल्गुन २०७५, आईतवार मा प्रकाशित

सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा एक बिदेशी नागरिकको मृत्यु

 फागुन १९,पोखरा । पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना भएको छ। दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको हो ।

आइतबार बिहान ११ बजेर १७ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिक  इवी सिजरको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । तालमा खसे लगत्तै उनलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

उनी सिंगल फेवातालमा खसेका थिए।प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

Facebook Comment

छुटाउनुभयो कि?