सार्वजनिक निकायका वेबसाईटमा भिजिट नेपाल २०२० को लोगो र नारा राखिने

पर्यटन बजार२८ चैत्र २०७५, बिहीबार मा प्रकाशित

सार्वजनिक निकायका वेबसाईटमा भिजिट नेपाल २०२० को लोगो र नारा राखिने

चैत २८, काठमाडौं । नेपालका सार्वजनिक निकायका वेबसाईटमा भिजिट नेपाल २०२० को लोगो र नारा राखिने भएको छ।  प्रधानमन्त्री केपी ओलीको संयोजकत्वमा बसेको भ्रमणवर्ष मूल समारोह समितिको बैठकले सार्वजनिक निकायहरुको वेबसाइटहरुमा वि।सं। २०७६ र वि।सं। २०७७ भर नेपाल भ्रमण वर्ष,२०२० को नारा सहितको लोगो राख्नका लागि सवैलाई अनुरोध गर्ने निर्णय गरेको छ।

“नेपालभ्रमणवर्ष,२०२० अभियानको आ।व। २०७५र०७६ को बजेट तथा कार्यक्रम” स्वीकृत गर्ने निर्णय गरेको छ । ये वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यकताअनुसार स्वीकृत शिर्षकमा १० प्रतिशतसम्म रकमान्तर गर्न राष्ट्रिय कार्यक्रम संयोजकलार्इ र थप १५ प्रतिशत सम्म रकमान्तर गर्न कार्यक्रम कार्यान्वयन उपसमितिलार्इ अख्तियारी दिने निर्णय समेत उक्त बैठकले गरेको छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?