साहसिक पर्यटन -यस्ता छन् प्याराग्लाईडिङ देखि आइस क्लाइम्बिङसम्मका गतिविधिहरु !

पर्यटन बजार२४ पुष २०७६, बिहीबार मा प्रकाशित

साहसिक पर्यटन -यस्ता छन् प्याराग्लाईडिङ देखि आइस क्लाइम्बिङसम्मका गतिविधिहरु !

पौष २४ ,काठमाडौँ। नेपाल साहसिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । साहसिक पर्यटनको रुपमा चिनिएको पर्वतारोहण र पदायात्रा पर्यटनपछिथुप्रै साहसिक गतिबिधि लाइ बढाउन थालिएको छ । नेपाल सस्तो गन्तव्य हुनु, प्राकृतिक विविधतले छाटिनु, सगरमाथाको देश भएकोले विदेशीको सपनाको योजना बन्नुले पनि यहाँ साहसिक गतिबिधि बढ्दै छन् । हेरौं नेपालमा भएका साहसीक पर्यटनका गतिबिधि हरु :

प्याराग्लाईडिङ

 साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।करिब डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ ।

अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ (बन्दीपुर) र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य हब कास्कीको पोखरा हो । अन्य ठाउँ मा पनि प्याराग्लाइडिङको सफल परिक्षण  भैसकेको छ। प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँसहर र तालतलैयाको अनुपम सङ्गमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो । फागुन र वैशाख महिना प्याराग्लाइडिङका लागि उत्तम समय मानिन्छ ।

 क्यानोनिङ

क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदैछ । युरोप र अमेरिकामा निकै लोकप्रिय यो अति साहसिक खेल नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नेपाल नयाँ पर्यटकीय आकर्षणका रूपमा विदेशीहरूको रोजाइमा परेको छ । साहसिक खेलको रूपमा विकसित क्यान्योनिङ अग्ला झरनाबाट डोरीको सहायताले झुण्डिदै झर्ने अवरोहण गर्ने खेल हो । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यसको मुख्य विशेषता हो । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो । क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता र झोला सहितका सामग्री आवश्यक पर्दछ ।

 विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङ्दी उपत्यका, भोटेकोसी नदी, सुनकोसी नदी, सुन्दरीजल र ककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यान्योनिङ गर्ने प्रमुख स्थल हुन् ।

 जिप लाइन

 साहसिक खेल अन्तर्गत पर्ने  ‘जिप लाइन’ हाल नेपालमा समेत बिभिन्न स्थानमा संचालनमा आएका छन्। हाल एकजना मात्रै खेल्न मिल्ने गरी क्लासिक जिपलाइन, दुईजना अर्थात प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कप्पल जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा रहेका छन् ।हाल  धुलिखेल ,भरतपुरलगायतका स्थानमा जिप्लाइनको मजा लिन सकिन्छ। त्यस्तै प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एक कै पहिलो जीप लाइन बन्ने भएको छ ।

नेपालमा स्काई डाइभिङ

हालै मात्र पोखरामा साहसिक खेलमध्येको एक स्काईडाइभिङ शुरु भएको छ । साहसिक खेलमा ३० प्रतिशतको जोखिम रहने भए पनि डरभन्दा माथि राखेर खेलप्रेमीहरुले आनन्द लिने गरेका छन् ।बञ्जी जम्पमा जम्मा तीन सेकेण्डको ‘फ्रि फल’ हुन्छ भने स्काईडाइभिङमा १५ सेकेण्ड जतिको फ्रि फल हुने भएकाले पनि साहसिक खेल पारखीको लागि यो रोजाइमा पर्दै गएको छ ।

र्याफ्टिङ

नेपाल र्याफ्टिङको लागि एकदम फेमस छ। साहसीक खेलको रुपमा लिइने र्‍याफ्टिङ तमोर खोला ,त्रिशुली नदी ,सेती गण्डकी ,कालिगण्डकी ,भोटेकोशी , मस्यङग्री अरुण , कर्णाली, सुनकोशी लगायत का नदिहरुमा हुँदै आएको छ।

ट्रेकिङ तथा एक्सपिडिसन

सबैलाई थाहा नै छ नेपाल हिमाली हिमालको देश हो। प्राकृतिको अनुपम दृश्यावलोकन गर्दै हिमाली तथा पहाडी क्षेत्रमा ट्रेकिङ गर्नुको आनन्द नै बेग्लै हुन्छ । नेपालमा ट्रेकिंग तथा एक्सपिडिसन का लागी पुनहिल  – घोडेपानी  ट्रेक , पाँचपोखरी ,गोसाइकुण्ड ,सगरमाथा बेस क्याम्प ट्रेकिङ, कञ्चनजंघा बेस क्याम्प ट्रेकिङ, मकालु बेस क्याम्प ट्रेकिङ,अन्नपूर्ण बेस क्याम्प ,एभरेस्ट बेस क्याम्प , लाङटाङ, मनास्लु, गौरीशंकर, धौलागिरी , सगरमाथालगायत का स्थानहरु रहेका छन्।

 जंगल सफारी

नेपाल प्राकृतिक सुन्दरता को खानी हो भन्दा फरक पर्दैन। हरियो बन , जैविक बिबिधतालाइ नियाल्दै जंगल सफारी गर्नुको मजा अरु कहाँ पाइएला। नेपालमा हाल बाँके निकुञ्जमा ,ठोरीमा , सौराहा लगायतका ठाउँ मा जंगल सफारी हुँदै आएको छ। कोशी टप्पुको जंगल सफारी भने केहि समय यता संचालनमा आएको छैन।

त्यस बाहेक नेपालमा रक क्लाइम्बिङ ,साइक्लिङ, बन्जी जम्प ,पिक क्लाइम्बिङ,स्की ,आइस क्लाइम्बिङलगायत का साहसिक गतिबिधि हरु नेपालमा संचालित छन्।

Facebook Comment

छुटाउनुभयो कि?