सुदूरपश्चिम घुम्न छुटाउनु भयो की , चाख्नुहोस प्रकृतिको नयाँ स्वाद !

पर्यटन बजार२६ चैत्र २०७५, मंगलवार मा प्रकाशित

सुदूरपश्चिम घुम्न छुटाउनु भयो की , चाख्नुहोस प्रकृतिको नयाँ स्वाद !

चैत २६, काठमाडौं ।   देशको कुल क्षेत्रफलको करिब ४२ प्रतिशत क्षेत्रफल मध्य र सुदुर पश्चिमाञ्चल क्षेत्रले ओगट्छ ।  तर विकासमा भने यो क्षेत्र अझै पनि पछि नै छ । नेपाल घुम्न आउनेमध्ये केवल दुई प्रतिशत पर्यटक मात्रै यस क्षेत्रमा पुग्छन्

मध्यपश्चिमको जुम्ला नेपाली भाषाको उद्गम थलो मानिन्छ । संसारकै अग्लो उचाइमा धान खेती हुने ठाउँ पनि यही हो ।अन्य क्षेत्र घुमीसक्नुभयो र कुनै नयाँ ठाउंको स्वाद लिनचाहनुहुन्छ भने सुदुर पश्चिमाञ्चल क्षेत्रले तपाइको नयाँ स्वादलाई अत्यन्तै मिठो सावित गर्नेछ 

हुम्लामा सैपाल हिमाल छ, लिमी उपत्यका र चाङ्ला हिमाल पनि छ । डोल्पा से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, याक क्याराभान र तिब्बती संस्कृतिका लागि पनि प्रसिद्ध छ ।

खप्तड क्षेत्र, रारा ताल पनि यही क्षेत्रमा पर्छ । रोल्पा र रुकुममा भर्खरै सञ्चालनमा आएको गुरिल्ला ट्रेक पनि घुम्ने नयाँ ठाउँ हो । रामारोशन, बडिमालिका, अपी नाम्पा संरक्षण क्षेत्र पनि रमणीय छन् ।

नेपाल घुम्ने धेरै विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष समेत पुगेका छैनन् तर अब भ्रमणको गन्तब्यलाई दायाँबायाँ गरेर यहाँ सम्म पुगे कसो होला ।

सुदूर पश्चिमका वासिन्दा आफ्नो क्षेत्रपनि पर्यटकका लागि त्यति नै महत्वपूर्ण र लोभलाग्दो भएको दाबी गर्छन् ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?