सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

पर्यटन बजार१ भाद्र २०७७, सोमबार मा प्रकाशित

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

भदौ १, काठमाण्डौ। सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ।

त्यस्तै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो।हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

Facebook Comment

छुटाउनुभयो कि?