स्वर्गको फूल गुलमोहरले सजिएको सडक किनार

पर्यटन बजार१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

स्वर्गको फूल गुलमोहरले सजिएको सडक किनार

जेठ १०, काठमाडौं। गुलमोहर को सुन्दरता ले अहिले तराईका विभिन्न स्थान रंगीन बनेका छन् । गर्मी मौषममा शितलता सँगै सुन्दरता प्रदान गर्न तम्तयार छन् गुलमोहर का रुख ।

गुलमोहर एउटा , वृक्ष हो जसमा रातो रंगका फूलहरू फूल्छन।। यसको जन्मभूमि मेडागास्कर लाई मानिन्छ। भनिन्छ कि १६औं शताब्दीमा पोर्चुग लि हरुले मेडागास्करमा यसलाई देखेको थिए। १८औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखि दियो। पछि यो सेंट किटीस र नेवीसको राष्ट्रिय फूलको रूपमा पनि स्वीकृत गरियो।

यसलाई रोयल पोइंशियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ। फ्रांसीसीहरूले संभवत: गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिये, उनीहरूको भाषामा यसलाई स्वर्गको फूल भन्छन।

साच्चीनै गुलमोहर ‘स्वर्गको फूल’ हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गणनु मुश्किल हुन्छ। यो नेपालको तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ।

१२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रंगका मात्र छन्। स्रोत विकिपीडिया

Facebook Comment

छुटाउनुभयो कि?