स्वर्ग कि अप्सरा रारा जाँदै हुनुहुन्छ, जान्नुहोस यी कुरा!

पर्यटन बजार३० कार्तिक २०७७, आईतवार मा प्रकाशित

स्वर्ग कि अप्सरा रारा जाँदै हुनुहुन्छ, जान्नुहोस यी कुरा!

कात्तिक ३० , काठमाडौं ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लामो समयसम्मको लकडाउन र निषेधाज्ञा खुलेसँगै नेपालकै सुन्दर र ठूलो ताल ‘रारा ताल’ घुम्न आउने पर्यटकहरुको संख्या बढ्न थालेको छ ।

कोरोना संक्रमणका कारण गत वर्षको चैत ११ गतेबाट लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण ‘रारा ताल’ सुनसान बनेको थियो । तर, लकडाउन र निषेधाज्ञा खुलेसँगै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या दिनप्रति दिन बढ्न थालेका छन् ।

दशैं सकिए लगत्तै मानिसको रारा यात्रा हुन थालेको छ।रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

रारा जादा ध्यान दिनुपर्ने कुराहरु !!
१) बाइकमा जादै हुनुहुन्छ भने कम्तिमा १ जना Bike Mechanic नि Team मा राख्नुहोला … बाटोमा धेरै Workshop भेटिनेछैन
२) गाडीमा जादै हुनुहुन्छ भने गाडी बनाउने एक जना Team मा राख्नुहोला
३) पेट्रोल डिजेल पम्प सिंजामा नि पाइने हुनाले बिचमा बढी Rate मा बेच्न खोज्नेछन… उनीहरुले माथि पाइदैन भनेर झुक्काउन खोज्नेछन
४)  होटल भन्दा होम स्टे सस्तो पर्नेछ ।
५) रारासम्म घोडा चढ्दा १०० देखि ६०० सम्म Rate भन्नेछन्
६) खाना वा नास्ता खानु अघि Price सोधेर मात्र Order गर्नुहोला… नत्र खाइसकेर सोध्दा बढी मूल्य भन्ने छन्
७) Ncell को माथि Tower छैन त्यसैले NTC को सिम हाल्नुहोला
८) ताल वरपर फोहोर नगर्नुहोला
९) मौषम अनुसार को लुगा फाटो बोक्न नबिर्सनु होला ।

Facebook Comment

छुटाउनुभयो कि?