हजारौं बिद्यार्थीलाई अलपत्र पार्ने कन्सल्टेन्सीलाई कारवाही गर्न अनेरास्ववियुको माग

पर्यटन बजार९ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित

हजारौं बिद्यार्थीलाई अलपत्र पार्ने कन्सल्टेन्सीलाई कारवाही गर्न अनेरास्ववियुको माग
फागुन ९,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संघ अनेरास्ववियु कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । अष्ट्रेलियामा पढ्न गएका बिद्यार्थीहरुको अलपत्र भएको कुरामा ध्यानाकर्षण गराउंदै अनेरास्ववियुले यो ज्ञापनपत्र बुझाएको हो ।
 उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण पछिललो चरणमा डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको ज्ञापनपत्रमा उल्लेख छ  ।
बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गनें निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गनें एक हजार नेपाली विद्यार्थी यतिखेर दलालीहरुको फन्दाको शिकार भएका छन ।
यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा रहेका नेपाली विद्यार्थी पढेर कोर्सको अन्तिम समयमा पुरदा एन्म्याकले मान्यता नदिंदा अलपत्र परेका छन् । तसर्थ विद्यार्थी नेपाल लगायत पोखरा बाट पठाउने किंग्स इन्स्टिच्युट , एक्स्पर्ट, इम्पल्स ,अल्फाबेटा , काठमाडौँ इन्फोसिज, कंगारो , वेब , सनराइज , डल्फिन, मर्सी लगायत का शिक्षाको नाममा मान्छेको व्यापार गर्नेहरु अहिले बजारमा मौलाइरहेका र  यस्ता दलालहरुलाई तत्काल कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ । अन्यथा आफु  लागेर नबस्ने  चेतावनी पनि दिएको छ  ।
Facebook Comment

छुटाउनुभयो कि?