पर्यटन बजार३० बैशाख २०७६, सोमबार मा प्रकाशित
वैशाख ३०, काठमाडौं । हानको इतिहासमा पहिलो महिला अध्यक्षको रुपमा सिर्जना राणा बन्न सफल भएकी छिन् । होटल एसोसिएन अफ नेपाल”हान”को ४६ औं बार्षिक साधारण सभाबाट राणा सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । उनकाे नेतृत्वमा बनेकाे नयाँ कार्यसमितिमा विनायक शाह प्रथम उपाध्यक्ष , प्रविन बहादुर पाण्डे द्वितीय उपाध्यक्ष, साजन शाक्य महासचिव, विशाल कुमार कोषाध्यक्ष रहनुभएकाे छ ।
यस्तै सदस्यहरुमा अमरमान शाक्य, दिनेश बहादुर श्रेष्ठ, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोद शंकर श्रेष्ठ, विप्लव पौडेल, गोपाल राना , टेस्टेन सातुल्सांग, रामकुमार पुरी, युवराज श्रेष्ठ, ठाकुर प्रसाद पोखरेल, राजेन्द्र भट्ट, ज्ञानेन्द्र कुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुंग, सीपी श्रेष्ठ, असित शमशेर जबरा, राहुल चौधरी र भरतराज पराजुली सदस्य बन्नुभएकाे छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit