पर्यटन बजार२१ चैत्र २०७५, बिहीबार मा प्रकाशित
चैत २१, काठमाडौं । बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट २ हजार ४ सय चार घरमा क्षति पुगेको तथ्यांक सार्वजनिक भएको छ । बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।
नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षति भएको जानकारी दिए ।
यस्तै एक हजार तीनसय ४२ घरमा आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।
बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्यांक निकालेको हो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit