पर्यटन बजार१८ चैत्र २०७५, सोमबार मा प्रकाशित
चैत १८, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार पूर्वराजाले एक समबेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् ।
उनले सन्देशमा भनेका छन्, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पिडीत जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’
आँधी हुरीबाट घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेका छन् । बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेकोे र ६०० भन्दा बढी घाइते भएका थिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit