हिउँमा रमाएका तस्वीरहरु समाजिक संजालमा राख्नुले त्यस क्षेत्रको पर्यटन विकासमा मद्दत पुग्छ – बास्तोला

पर्यटन बजार१७ फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित

हिउँमा रमाएका तस्वीरहरु समाजिक संजालमा राख्नुले त्यस क्षेत्रको पर्यटन विकासमा मद्दत पुग्छ – बास्तोला

फागुन १७,काठमाडौँ । हिउँ हेर्न तथा खेल्न जान नपाएका धेरै मानिसहरुलाई बिहिबार काठमाडौँ वरिपरी नै हिउँ परेपछि भने केहि राहत मिलेको छ । बिहिबार राति देखि काठमाडौँ आसपासका ठाउँहरु चन्द्रागिरी, फुलचोकी , भक्तपुर, नगरकोट , शिवपुरी लगायतका ठाउंमा हिमपात हुँदा हजारौं सर्वसाधारणले हिउँ खेलेर मनोरन्जन लिए ।

त्यस्तै ग्रामीण पर्यटन विकास र विस्तारका लागि तीब्र गतिमा काम गर्दै आईरहेका होमस्टेकर्मीहरुले काठमाडौं उपत्यकभित्र समेत आज परेको हिमपातका कारण उत्साहित बनेका छन् । होमस्टे कर्मीहरुले यसलाई आफ्नो  मौलिक पर्यटकीय वस्तुको रुपमा हेरेका छन् । 

    सन २००७ को फेबु्रअरी १४ पछि यसवर्ष परेको हिमपातले पहाडी भेगका अधिकांश होमस्टे सञ्चालकहरुमा हौसला बढाएको नगरकोट सामुदायिक होमस्टेका अध्यक्ष एवं होमस्टे एसोशियसन नेपालका कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी छन् । त्यसैगरी काठमाडौं उपत्यकाभित्रको बहुचर्चित पर्यटकीय गन्तव्य नगरकोटका पर्यटन व्यवसायीहरु पनि हर्षित देखिएको उनले थपे ।
   

बास्तोलाले हिउँ परे पछि स्थानीयवासी खुसी भएका छन् त्यो भन्दा धेरै यहाँ आउने पाउनाहरूले हिउँमा रमाएका तस्वीरहरु समाजिक संजालमा राख्नुले यस क्षेत्रको प्रचार भएको बताए । 
 

Facebook Comment

छुटाउनुभयो कि?