हिउँ खेल्न चाहनेहरुको लागि उपयुक्त गन्तब्य ‘हेलम्बु’

पर्यटन बजार२५ माघ २०७७, आईतवार मा प्रकाशित

हिउँ खेल्न चाहनेहरुको लागि उपयुक्त गन्तब्य ‘हेलम्बु’

माघ २५, काठमाडौं- प्रशिद्ध पर्यटकीय गन्तब्य सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हेलम्बुका पुराना गुम्बा र मन्दिर हिउँले सेताम्मे भएका छन् ।

Picture:Nima Gylzen

हेलम्बु क्षेत्रस्थित पाकेडाँडा, घ्याङुल, शेर्माथान, तार्केघ्याङ, मेलम्चीघ्याङ, शेर्माथान, सुर्सिंग, किउल भेग बाक्लो हिउँले ढाकिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार गाउँभरि शनिबार झन्डै चार फिट बाक्लो हिउँ जमेको थियो ।

Picture:Nima Gylzen

काठमाडौंबाट ८१ किलोमिटर उत्तरमा पर्ने हेलम्बु हिउँ परेपछि पर्यटकका लागि झन् आकर्षक भएको छ। रोलवालिङ, लाङटाङ हिमाल र गणेश हिमालको दृष्यावलोकनका लागि समेत हेलम्बु प्रशिद्ध छ।

Picture:Nima Gylzen

हिमपातले किसानहरुमा भने खुसियाली छाएको छ। समयमै हिमपात भएपछि अन्नवाली राम्रो हुने उनीहरुको विश्वास छ। ‘खेतीवाली यसपटक राम्रो होला भन्ने आशा गरेका छौं’, स्थानीय कामी लामाले भने, ‘समयमै हिउँ पर्दा किसानहरुमा खुसी छाएको छ।’

Picture:Lion Lakpa Lama



Picture:Lion Lakpa Lama
Picture:Lion Lakpa Lama
Facebook Comment

छुटाउनुभयो कि?