हुम्ला र जुम्लामा हिमपात , उडानमा समस्या

पर्यटन बजार२१ पुष २०७७, मंगलवार मा प्रकाशित

हुम्ला र जुम्लामा हिमपात , उडानमा समस्या

पुष २१ ,काठमाडौं। हुम्ला र जुम्लामा हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको हो ।

आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।

त्यसैगरी जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ । रातभरि समान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो । हिमपातका कारण जुम्लामा पनि हवाई सेवा तथा यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?