पर्यटन बजार२६ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
मङ्सिर,२६ काठमाडौं । चिसो बढेसँगै काठमाडौं उपत्यकामा शुक्रवार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान प्रभावित भएको हो ।
हुस्सुले गर्दा शुक्रवार बिहान देशका तराई तथा पहाडी र दुर्गम भेगको उडान प्रभावित भएको छ । विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णका अनुसार बिहानै देखि भिजिबिलिटी लो (दृश्य क्षमता) कम भएकाले अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडानमा समस्या भएको हो । बिहान करिब ६ः३० बजे चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कर्णले जानकारी दिए ।
शुक्रवार बिहान उक्त जहाज अवतरण गरेपछी अन्य कुनै पनि जहाजको उडान अवतरण भएको छैन । अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ । हुस्सु हटे मात्रै बिहान १० बजेपछि नियमित उडान हुने कर्णले बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit