हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारी लगायत सातै जनाको टुँडिखेलमा अन्तिम बिदाई

पर्यटन बजार१७ फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारी लगायत सातै जनाको टुँडिखेलमा अन्तिम बिदाई

फागुन १७, काठमाडौँ। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सबैको शब श्रद्धाञ्जलीका लागि  बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा टुँडिखेल पुगेकी छिन् ।आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीपत्नी अधिकारीको अन्तिम विदाईमा टुँडिखेल पुगेकी हुन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।  श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?