हेलिकप्टर दुर्घटना अपडेट – मन्त्री अधिकारी सहित ७ जनाकै मृत्यु

पर्यटन बजार१५ फाल्गुन २०७५, बुधबार मा प्रकाशित

हेलिकप्टर दुर्घटना अपडेट –  मन्त्री अधिकारी सहित ७ जनाकै मृत्यु

फागुन १५, काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।दुर्घटनामा सवार ७ जनाकै मृत्यु भएको खबर सार्वजनिक भएको छ।

ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ। पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक  आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए। 

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।बिस्तृत विवरण आउन बाँकी

Facebook Comment

छुटाउनुभयो कि?